ओस्कारमा प्यारासाइटले देखायो जादु

यस बर्षको ओस्कार अवार्डमा फिल्म जोकर र दक्षिण कोरियन फिल्म प्यारासाइटको दबदबा रहेको छ ।

प्यारासाइटले उत्कृष्ट फिल्म, निर्देशकसहित अन्तराष्ट्रिय फिचर फिल्मको ओस्कार जितेको छ भने जोकरले उत्कृष्ट अभिनेताको अवार्ड जितेको छ । प्यारासाइट ओस्कारको इतिहासमै पहिलो पटक अंग्रेजी बाहेक अन्य भाषामा बनेको फिल्मले ओस्कार अवार्ड जितेको छ ।



यस बर्षको उत्कृष्ट अभिनेताको अवार्ड फिल्म जोकरबाट जोआक्विन फोनिक्सले जितेका छन् । त्यस्तै सर्वोत्कृष्ट निर्देशकको अवार्ड भने प्यारासाइटका निर्देशक बोंग जून होले जितेका छन् । त्यस्तै प्यारासाइटले अन्तर्राष्ट्रिय फिचर फिल्मको ओस्कार समेत जितेको छ ।

त्यस्तै उत्कृष्ट अभिनेत्रीको ओस्कार अवार्ड भने फिल्म जुडीबाट अभिनेत्री रेनी जेलवेगनरले जितेकी छन् ।

त्यसैगरि यस बर्षको ओस्कारमा उत्कृष्ट फिल्मको अवार्ड प्यारासाइटले जितेको छ ।

त्यस्तै अभिनेता ब्राड पिटले फिल्म वन्स अपन अ टाइम इन हलिवुडबाट सपोर्टिंग एक्टरको ओस्कार जितेका छन् भने अभिनेत्री लाउरा डेर्न म्यारिज स्टोरीबाट सपोर्टिंग एक्ट्रेसको ओस्कार जितेकी छन् ।

त्यस्तै अमेरिकन फ्याक्ट्रीले बेस्ट डकुमेन्ट्री फिल्मको ओस्कार अवार्ड जितेको छ ।

सम्बन्धित समाचार