कोरोना भाइरस यसरी पनि सर्नसक्छः अनुसन्धानकर्ता

पछिल्लो समय कोरोना भाइरसका कारण ९०२ जनाको मृत्यु भइसकेको छ भने ४० हजारभन्दा बढी संक्रमित भएको मिडिया रिपोर्टमा उल्लेख छ । पछिल्लो एक अध्ययनका अनुसार पखालाबाट पनि कोरोना भाइरस सर्ने बताइएको छ ।

पहिलो चरणमा गरिएको अध्ययनका अनुसार कोरोना रुघा खोकीका कारण सर्ने बताइएको थियो । तर, पछिल्लो अनुसन्धानमा बिरामीको मलमुत्रबाट पनि सर्ने निष्कर्ष निकालिएको छ ।



मिडिया रिपोर्टका अनुसार १३८ जनामा गरिएको अनुसन्धानले यस्तो निष्कर्ष आएको हो । बिरामीको स्वासप्रश्वास प्रक्रियामा बढी अध्ययन र ध्यान दिदाँ अन्य कुराबाट पनि सर्ने कुरामा अध्ययनकर्ताहरुको ढिलो चासो गएको बताइएको छ ।

सम्बन्धित समाचार