नयाँ दिल्लीको महरौली विधानसभाबाट जित हासिल गरेका आपका सांसद नरेश यादवको कार्केडमा मंगलबार राती करिब ११ बजे गोलीबारी भएको छ । घटनामा यादव बच्न सफल भएका छन् तर एक समर्थकको गोली लागेका कारण मृत्यु भएको छ । अर्का एक व्यक्ति घाइते छन् । उनलाई अस्पताल भर्ना गरिएको छ ।
नरेश यादव मन्दिरबाट दर्शन गरेर घर फर्कने क्रममा एक युवकले पछाडिबाट ५-६ राउन्ड फायरिङ गरेको भारतीय संचार माध्यमले जानकारी दिएका छन् ।
पुलिसका अनुसार घटनाको क्रममा गाडीमा सांसद नरेश यादवसँगै भएका समर्थन अशोक मान र हरेन्द्रलाई गोली लाग्यो । अशोकको मृत्यु भयो जबकि घाइते हरेन्द्र अस्पतालमा भर्ना छन् । हमलाकर्ता फरार छन् । पुलिसका अनुसार हमलाकर्ताले अशोकलाई नै ताकेका थिए ।