फागुन १६ मा हलभरि ‘धुलो’, यस्तो छ फस्टलुक

सामाजिक बिषयमा निर्माण गरिएको‘धुलो’ फिल्मको फस्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनीक गरिएको छ ।

प्रद्युम्न मिश्रको निर्देशनमा बनेको फिल्म फागुन १६ गते दर्शकमाझ आउने छ । रिक्सा चालकको सपना, लक्ष्य, संघर्ष र जीवनशैलीलाई प्रस्तुत गरिएको ‘धुलो’ मा बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र,दामोदर गजुरेल,अमृता पाण्डे र बालकलाकार सुदीप कार्की मुख्य भूमिकामा छन् । नीर शाह, सुसील पोखरेल र लक्ष्मी बर्देवा बिशेष भूमिकामा रहेको निर्माण पक्षले जनाएको छ ।



सिके वाग्लेको प्रस्तुति रहेको फिल्मको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल तथा सहनिर्मातामा दीपा धरेलछिन् । सुवास सिंह बस्न्यातको लेखन,रबिन आचार्यको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको फिल्मको गीतको कोरियोग्राफी कबिराज गहतराज र रामजी लामीछानेले गरेका हुन ।

निर्देशक मिश्र ‘धुलो’ अत्यन्तै ममस्पर्शी कथामा निर्माण गरिएकाले सबै नेपालीले हेर्नुपर्ने बताउछन् । भन्छन्, ‘मैले कन्टेन्टमा फिल्म बनाएको छु । त्यसकारण हरेक नेपालीले मन पराउनुहुन्छ भन्ने बिश्वास छ ।’ फिल्मलाई ‘आरआर फिल्मस्’ ले बितरण गर्दैछ ।

सम्बन्धित समाचार