अहिले विश्वभर नै त्रास फैलाएको कोरोनाभाइरसको त्रासले एक भारतीय नागरिकले जीवनत्याग गरेका छन् । आन्ध्र प्रदेशको चित्तुर जिल्लाका बालाकृष्णैयाले आफू कोरोनाभाइरस संक्रमित भएको आशंकामा जीवनत्याग गरेको भारतीय समाचारमाध्यमले जनाएको छन् ।
बालाकृष्णैयालाई आफू कोरोनाबाठ संक्रमित रहेको, अब कुनै उपचार नभएको र रोग फैलने डरले उनले जीवनत्याग गरेको परिवारले जनाएको छ । ५४ वर्षीय बालाकृष्णैयाले शनिबार रुइया सरकारी अस्पतालमा गएर चेकजाँच गराएका थिए ।
परीक्षणका क्रममा उनलाई यूरिनरी ट्रैक्ट इन्फेक्शन भएको पत्ता लाग्यो । कुराकानीकै क्रममा यो कोरोनाभाइरसको संक्रमणले हुन सक्ने चिकित्सकले बताएपछि उनले जीवनत्याग गरेको बताइएको छ ।
बालाकृष्णैयाका छोराले आफूले बाबुलाई धेरै सम्झाउन कोसिस गरेको भनेका छन् । उनलाई कोरोनाभाइरस संक्रमण नभएको बताएपछि शान्त भए पनि तर पछि जीवनत्याग गरेको जानकारी दिएका छन् ।
बालाकृष्णैयाले आफूलाई पक्कै पनि कोरोनाभाइरस नै लागेको भन्दै आफ्नै ज्यान लिएका हुन् । उनी यो घर परिवारमा अरु कसैलाई नलागोस भन्ने चाहान्थे । उनको मृत्युले परिवार मात्रै होईन सिंगो गाउँ नै शोकमा डुबेको छ ।