अल्कोहल र ब्लिचले कोरोनाभाइरस क्षणभरमै निर्मूल गर्ने, नत्र ९ दिनसम्म जीवितै

कोरोनाभाइरसको असरले सारा विश्वमा भयको माहौल सिर्जना भइरहेको छ । विभिन्न देशमा यो भाइरसका संक्रमितहरु देखिएका घटना पनि धमाधम बाहिर आइरहेका छन् ।

यसैबीच एउटा अनुुसन्धानले यो भाइरसबारे नयाँ तथ्य सार्वजनिक गरेको छ । अनुसन्धानले यो भाइरस ढोका र गाडीको ह्यान्डिलमा पनि लामो समय टिकेर बस्न सक्ने जनाएको छ । यो अनुसन्धान जर्मनीको रुह युनिभर्सिटी र युुनिभर्सिटी अफ ग्रिफ्सवाल्डका विशेषज्ञ टोलीले गरेको हो ।



विशेषज्ञ टोलीले २२ वटा कोरोनाभाइरसका घटनालाई आधार बनाएर यस्तो तथ्य सार्वजनिक गरेको छ । अनुसन्धानअनुुसार कोरोनाभाइरस सिसा, प्लास्टिक, काठ र धातुबाट बनेका वस्तुहरुमा धेरै लामो अवधिसम्म जीवित रहन सक्छ । साधारण फ्लुजस्तै यो कुनै पनि वस्तुमा ४ डिग्री वा त्योभन्दा कम तापक्रममा एक महिनासम्म जीवित रहन सक्छ। तर ३० डिग्रीभन्दा धेरै तापक्रममा भने यसको जीवित रहने दर भने घट्ने गर्दछ ।

यो भाइरसलाई निर्मूल गर्न डिस्इन्फेक्टेन्टको प्रयोग गर्नुपर्दछ । अन्यथा यो साधारण फ्लुको तुलनामा ४ गुणा बढी समयसम्म कुनै पनि सतहमा जीवित रहन सक्छ। साधारण फ्लु २ दिनसम्म जीवित रहँदा कोरोनाभाइरस भने उही वातावरण र तापक्रममा ९ दिनसम्म कुनै पनि सतहमा दोस्रो व्यक्तिलाई आफ्नो सिकार बनाउन सक्छ ।

कोरोनाभाइरसलाई डिस्इन्फेक्टेन्टबाट निर्मूल पार्न सकिन्छ । अल्कोहल मिसाइएको स्यानिटाइजरले यसलाई १ मिनेटमै निर्मूल पार्न सक्छ। त्यस्तै ब्लिचले यसलाई निर्मूल पार्न केवल ३० सेकेन्डको समय लिन्छ। तर कोरोनाभाइरस कुुन वस्तुबाट कुनै व्यक्तिमा पुग्न कति समय लाग्छ भन्ने कुरा अहिलेसम्म प्रस्ट भइसकेको छैन ।

विश्व स्वास्थ्य संगठनका अनुुसार भने यो भाइरसबाट बच्न नियमित रुपमा अल्कोहल मिसाइएको स्यानिटाइजरबाट हात धुनुपर्ने सुझाव दिएको छ ।

चिनियाँ स्वास्थ्य अधिकारीहरुले यो भाइरसबारे एउटा डरलाग्दो तथ्य खुलासा गरेका छन्। उनीहरुका अनुसार यो भाइरस अब हावामा तैरिएर अन्य व्यक्तिलाई पनि संक्रमित गरिरहेको छ जसलाई एअर सोल ट्रान्समिसन भनिन्छ।

यो तथ्य सार्वजनिक हुनुभन्दा पहिलेसम्म यो भाइरस डाइरेक्ट ट्रान्समिसन र कन्ट्याक्ट ट्रान्समिसनबाट मात्रै फैलिरहेको पुष्टि भएको थियो ।

सम्बन्धित समाचार