भारतको उत्तर प्रदेशको शहर फिरोजाबाद नजिक दिल्लीबाट बिहारको मोतिहारीतर्फ गइरहेको आगरा९लखनउ एक्सप्रेस वेमा बस र ट्रक ठोक्किँदा कम्तीमा १४ जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य ३० जनाभन्दा धेरै घाइते भएका छन् ।
फिरोजावाद प्रहरीका अनुसार १३ जनालाई मृत अवस्थामा अस्पतालमा ल्याइएको थियो भने घाइते भएका ३१ जनालाई अस्पतालमा भर्ना गरिएको छ । बसमा झण्डै ५० जना सवार थिए । एजेन्सी