पेरुको लिमामा गत महिना भएको ग्याँस ट्याङ्कर बिस्फोटबाट मृत्यु हुनेको संख्या ३० जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत जनवरी २३ मा करिब १० हजार लिटर एलपिजी ग्याँस बोकेको ट्याँकर बिस्फोट भएको थियो ।
शुरुमा दुई जना मात्र उक्त दुर्घटनामा मारिएका र ५० जना घाइते भएका थिए, तर अधिकाँश व्यक्तिका शरीर जलेका कारण मृत्यु हुनेको संख्या बढेको मन्त्रालयले जनाएको छ । तिब्र गतिमा दौडेको ट्याँकर सडकका खाल्डाखुल्डीमा परेर ग्याँस चुहिएको अनुसन्धानकर्ताहरुले बताएका छन् ।
बिस्फोटबाट भिल्ला एल साल्भाडोर जिल्लाका सडक किनाराका धेरैवटा घर र सवारी साधनमा क्षति पुगेको थियो । सरकारी वकीलहरुले ट्याँकर चालक ७४ वर्षीय लुइस गुजमानमाथि कारबाही चलाउन मुद्दा दर्ता गरिसकेका छन् । एएफपी