के आसिम भएका थिए वास्तविक बिग बोस ?

भारतको सबैभन्दा ठूलो रियालिटी सो बिग बोसको १३ औं संस्करणको विजेता सिद्धार्थ शुक्लालाई बनाएकामा आपत्ति जनाउँदै प्रसारक टेलिभिजनकी एक कर्मचारीले जागिर छाडेकी छन् ।

बिग बोस कार्यक्रम प्रसारण गर्ने कर्लस टीभीकी कर्मचारी फेरिहाले कम भोट हुँदाहुँदै पनि नियोजित रूपमा सिद्धार्थलाई विजेता घोषणा गरिएको आरोप लगाएकी छन् । फेरिहाले आफ्नो ट्व्टिर ह्यान्डलमा सिद्धार्थका जितप्रति दर्जन प्रश्न गर्दै आफू जागिरबाट बाहिरिएको घोषणा गरेकी हुन् ।



ट्विटरमा उनले लेखेकी छन्, ‘एउटा निश्चित ९फिक्स्ड० सोको हिस्सा बनेर म आफूलाई तल्लो स्तरको देखाउन सक्दिनँ । च्यानल कम भोट हुँदाहुँदै पनि सिद्धार्थलाई नै विजेता बनाउने कसरतमा लागेको छ । म यो कार्यक्रमको सदस्य बन्न सक्दिनँ ।’

उनले अगाडि लेखेकी छन्, ‘तपाईंलाई यो थाहा पाएर अचम्म लाग्ला कि थुप्रै मानिस (सिइओ अभिषेक रेगेसहित) आसिम रियाजले कार्यक्रम जितून् भन्ने चाहँदैनथे किनभने उनी एक कस्मिरी मुस्लिम हुन् ।’

सम्बन्धित समाचार