लोकदोहोरी गायक प्रकाश कटुवाल पक्राउ, ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

लोकदोहोरी गायक प्रकाश कटुवाल पक्राउ परेका छन् । तनहुँको बन्दीपुर गाउँपालिका डुम्रेका होटल व्यवसायी लालकाजी गुरुङमाथि आक्रमण गरेको अभियोगमा उनी पक्राउ परेका हुन् । कटुवालविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरिएको छ।

गुरुङकी छोरी सोनीकाले सोमबार गायक कटुवालविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएपछि कटुवाललाई पक्राउ गरिएको एसपी विनोद सिलवालले जानकारी दिए । गायक कटुवालविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएको बताइएको छ ।



गुरुङमाथि शनिबार साँझ केही अपपरिचित युवकहरुको समूहले आक्रमण गरेका थिए । सो आक्रमण गायक कट्वालको योजनामा भएको आरोप सोनिकाले लगाएकी छिन् । आरोपबारे अनुषन्धान भैरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार