नेटफ्लिक्सको फिल्म मस्कामा मनिषा कोइराला

अभिनेत्री मनीषा कोइरालाले नेटफ्लिक्सको नयाँ फिल्म मस्कामा अभिनय गर्ने भएकी छन् । मनिषाले यस अघि डिजिटल प्लेटफर्म नेटफ्लिक्समा २०१८ मा लस्ट स्टोरीमा काम गरेकी थिइन् । मनिषाले लास्ट स्टोरिजमा निदेशक दिवाकर बेनर्जीको निदेशनमा बनेको भागमा काम गरेकी थिइन् ।

अब मस्कामा मनीषासँग निकिता दत्ता, प्रीत कमानी र युवा गायिका शिरली सेतियाको मुख्य भूमिका रहने भएको छ । फिल्मको कथा प्रीत कमानी र शिरली सेतियाको जोडीमा आधारित रहेको बताइएको छ । मस्काको कथा सपना देख्ने हिम्मत गरेमा पुरा गर्न सकिन्छ भन्ने देखाउन खोजिएको निर्माताहरुले बताएका छन् । यस फिल्मलाई नीरज उध्वनीले निर्देशन गर्दैछन् ।



यस अघि अप्रिलमा नै निर्माण गर्ने घोषणा गरिएको यो फिल्म निर्माणमा केही ढिलाई भएपनि अब मार्चमा भने रिलिज हुने भएको छ । तर रिलिज मिति भने अझै तोकिएको छैन ।

मनीषा कोइराला पछिल्लो पटक संजय दत्तको फिल्म प्रस्थानममा देखिएकी थिइन् ।

सम्बन्धित समाचार