फिल्म फेयरमा किन चारवटा कुर्सिमा बसिन् उर्वशी ? (भिडियोसहित)

बलिवुडको चर्चित एवं प्रतिष्ठित फिल्म फेयर अवार्ड हालै गुहाटीमा सम्पन्न भएको छ । यस अवार्ड समारोहमा आलिया भट्ट र रणवीर सिंहको फिल्म गाली ब्वायले धेरै अवार्ड जितेर अहिले चर्चामा रहेको छ । यस अवार्ड समारोहमा अवार्डको भन्दा अहिले एक अभिनेत्रीले लगाएको ड्रेसको चर्चा बढी भइरहेको छ ।

अभिनेत्री उर्वशी राउटेलाले फिल्म फेयरमा सहभागी हुन लगाएको ड्रेसको भिडियो अहिले सामाजिक संजालमा भाइरल भैरहेको छ ।



उर्वशीले लगाएको ड्रेस उठाउन चार जनाको सहायता लिनु परेको थियो । डिजाइनर अल्बीना डायलाले डिजाइन गरेको ‘अफ शोल्डर इम्बेलिश्ड बल गाउन’ लगाएर समारोहमा पुगेकी उर्वशीले आफु बस्न मात्र चार कुर्सिको प्रयोग गरेकी थिइन् । ७३० घण्टा समय लगाएर बनाइएको सो ड्रेस यति लामो र फराकिलो थियो की उनी बस्न नै चार कुर्सिको प्रयोग गर्नु पर्यो ।

https://www.facebook.com/ImUrvashiRautela/videos/2521047298133056/

सम्बन्धित समाचार