भारतको गुजरातमा एउटा छात्रावासमा बस्ने छात्रालाई महिनावारी भए/नभएको प्रमाणित गर्न भित्री वस्त्र खोल्न बाध्य बनाएको बताएपछि त्यसले विवाद निम्त्याएको छ ।
विद्यार्थीहरूले आफूहरूलाई महिला शिक्षिकाहरूका अगाडि भित्री वस्त्र खोल्न लगाइएको बताएका थिए ।
६८ जना छात्रालाई कक्षाकोठाबाट निकालेर शौचालय पुर्याइएर एकएक गरी भित्री वस्त्र फुकाल्न लगाएर उनीहरूलाई महिनावारी भए वा नभएको प्रमाणित गर्न लगाइएको थियो ।
सहजानन्द गर्ल्स इन्स्टिट्युट (एसएसजीआई) मा अध्ययनरत छात्राहरूलाई त्यस्तो गर्न लगाइएको हो । एसएसजीआई भारतको एउटा सम्पन्न र अनुदारवादी हिन्दू धार्मिक समूह स्वामी नारायणद्वारा सञ्चालित कलेज हो ।