भारत र न्युजील्याण्डबीचको टेस्टको पहिलो दिनको खेल बर्षाले प्रभावित भएको छ । पहिलो दिनको ५५ ओभरको मात्र खेल हुँदा भारतले खराब शुरुवात गर्दै ५ विकेट गुमाएर १२२ रन बनाएको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको भारतका लागि उपकप्तान आजिख्य रहाने ३८ र रिषव पन्त १० रन बनाएर खेलिरहेका छन् भने अब दोस्रो दिन भारतीय इनिंगलाई अगाडी बढाउने जिम्मेवारी रहने छ ।
यस अघि मयंक अग्रवाल ३४ रन, पृथ्वी शा १६, चैतेश्वोर पुजारा ११, कप्तान विराट कोहली २ तथा हनुमा विहारी ७ रन बनाएर आउट भएका थिए ।
त्यस्तै न्युजील्याण्डका लागि यसै टेस्टमा डेभ्यु गरेका २५ बर्षिय कील जामिएसनले उत्कृष्ट शुरुवात गर्दै ३ विकेट लिएका छन् । जामियेसनले पुजारा, कोहली र विहारीको विकेट लिएका थिए ।
त्यस्तै टिम साउथी र ट्रेन्ट बोल्टले एक एक विकेट लिएका थिए । न्युजील्याण्ड भ्रमणमा रहेको भारत यस अघि टी-२० सिरिज ५-० ले जितेको थियो भने एकदिवसीय सिरिज ३-० ले हारेको थियो ।