ब्रेकअपको १३ बर्षपछि पनि करीनालाई किन आयो शाहिदको याद ?

बलिवुड अभिनेत्री करीना कपुर खानले ब्रेकअप भएको लामो समयपछि आफ्ना पुर्व प्रेमी शाहिद कपुरको बारेमा खुलेर कुरा गरेकी छन् ।

एक समयको निकै चर्चित यो जोडी सार्वजनिक रुपमै खुलेआम रोमान्स गर्ने जोडीको रुपमा चिनिन्थ्यो । दुवैको निर्देशक इम्तियाज अलीको फिल्म जब वि मेटको शुटिंगकै क्रममा ब्रेकअप भएको थियो । यस फिल्मको शुरुवातबाट नै दुवैमा खटपट शुरु भएको र फिल्मको काम सकिने बेलासम्म दुवैको ब्रेकअप भैसकेको थियो ।



हालै करीना कपुरले एक अन्तर्वार्तामा शाहिदका बारेमा खुलेर कुरा गरेकी छन् । अन्तर्वार्तामा करीनाले आफ्नो ब्रेकअप देखि सैफ अली खानसँगको विवाहको प्रसंगसम्म कुरा गरेकी छन् ।

शहिद कपुरसँगको ब्रेकअपका बारेमा कुरा गर्दै करीनाले भनेकी छन् – ‘भाग्यको आफ्नै केही प्लान हुन्छ र जिन्दगी उसैको हिसाबले चल्छ । जब वी मेटको शुटिंगको समय देखि लिएर फिल्म टशनका बीचमा धेरै यस्ता कुरा भए, त्यसपछि हामी आआफ्नो बाटो हिड्ने निर्णय गर्यौ ।’

करीनाले अगाडी भनेकी छन् – ‘मलाई त्यति बेला आफ्नो निजी जीवन र प्रोफेशनल जीवन ह्यान्डल गर्न निकै मुश्किल भएको थियो । यदि जब वि मेट फिल्म हेर्नुभयो भने त्यति बेलाको मेरो अवस्था ठ्याक्कै फिल्मकै जस्तो थियो । पहिलो हाफ र दोस्रो हाफमा मेरो फिल्ममा भूमिका अलग अलग भए जस्तै ।’

करिनाले जब वि मेट र टशन फिल्मलाई आफ्नो जीवनका खास फिल्म बताएकी छन् । यी दुवै फिल्मले आफ्नो जीवन र क्यारियर दुवै बदली दिएको भन्दै करीनाले जब वि मेटले आफ्नो क्यारियर बदलेको र टशनले निजी जीवनमा लाइफ पार्टनर पाएको बताएकी छन् ।

२००७ मा शाहिदसँग ब्रेकअप पछि करीनाले २०१२ मा सैफ अली खानसँग विवाह गरेकी थिइन् भने शाहिद कपुरले भने २०१५ मा मिरा राजपुतसँग विवाह गरेकी थिइन् ।

सम्बन्धित समाचार