सलमान खानको हत्या गर्न सुपारी लिएका कुख्यात गुण्डा ‘भुरा’ पक्राउ

बलिउड अभिनेता सलमान खानको हत्या गर्नको लागि सुपारी लिएका कुख्यात गुण्डा नाइके ‘भुरा’ भनिने रवि मल्लिक पक्राउ परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।

राजस्थानका कुख्यात गुण्डा नाइके भुराले अभिनेता खानको हत्याका लागि सन् २०१८ मा सुपारी लिएका थिए । लरेन्स विश्रोइ गिरोहका सम्पत नेहाले अभिनेता खानलाई उनकै घरको बरन्डामा मार्ने योजना सहित सुपारी दिएका थिए ।



अभिनेता खान आफ्ना प्रशंसकहरूसँग कुराकानी गर्न वडिगार्ड बिना नै आफ्नो बरन्डामा आउने गर्छन् । सोही समयमा उनको सजिलै हत्या गर्न सकिने योजना सम्पातको थियो ।

सम्पात अहिले तिहाड जेलमा छन । उक्त घटनामा संलग्न भुरा मुम्बई, पञ्जाव सहित कैयौं राज्यका प्रहरीको सर्वाधिक खोजि गरिरहेका अपराधी भएको समेत उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार