च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लिगमा बार्सिलोनाले इटालीयन क्लब नापोलीसँग बराबरी खेलेको छ । गएराती नापोलीको घरेलु मैदानमा खेलेको बार्सिलोना र नापोली १-१ गोलको बराबरी खेलेका हुन् ।
बार्सिलोनाका लागि एन्टोनी ग्रीजम्यानले गोल गरेका थिए । ग्रीजम्यानले खेलको ५७औ मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए । त्यस्तै नापोलीका लागि खेलको ३०औ मिनेटमा ड्राइज मेरटेनसले गोल गरेका थिए ।
यस खेलमा बार्सिलोनाका अर्टूरो भिडालले दोहोरो पहेलो कार्ड पाएपछि खेलको ८९औ मिनेटमा मैदान छोड्दा बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो । जित हासिल गर्न नसके पनि बार्सिलोनाले अवे गोलको एडभान्टेज भने पाएको छ ।