टिभीमा आजभोलि रियलिटी शो हिट भएको छ । हरेक च्यानलमा कुनै न कुनै रियलिटी शो प्रसारित भइरहेको छ । पछिल्ला दिनमा कलर्स च्यानलमा बिग बोस १३ सकियो ।
यसको तुरन्त च्यानलले ‘मुझसे शादी करोगे’ शुरू गर्यो । यस सिरियलमा पारस छाबडा र शहनाज गिलको स्वयंवर हुन्छ । कतिपय टिभी च्यानल अहिले विवाहको नाममा टिआरपी बटुल्ने काम गरिरहेका छन्।
इन्डियन आइडलमा नेहा कक्कड र आदित्य नारायणको झुटो विवाह गराएर च्यानलले निकै चर्चा पाएको थियो ।
च्यानलको यस फर्मुला सधै सफल हुने गर्छ । च्यानलले अहिले सम्म कसको झुटो विवाह गराएको छरु
शहनाज गिल र पारस छाबडा
यस शो मा शहनाज गिल र पारस छाबडाको विवाहको नाममा दर्शकलाई मनोरन्जन गरिरहेका छन् । पारस र शहनाज बिग बोस सिजन १३मा निकै राम्रो खेलेका थिए र यी दुवै अन्तिम चरणसम्म पुग्न सफल भएका थिए । शहनाजको बुबाले ‘मुझसे शादी करोगे’ शो को विरुद्ध थिए तर मेकर्सले शहनाजसंग घरबाट बाहिर आउनुभन्दा पहिला उनको अनुमति लिइसकेका थिए ।
राखी सावन्त
टिभी कार्यक्रम ‘राखी का स्वयंवर’ बाट नै राष्ट्रिय टिभीमा सेलिब्रेटीहरुको विवाह शुरु भएको थियो । सन् २००९ मा शुरू भएको यस कार्यक्रममा कन्ट्रोभर्सी क्वीन राखी सावन्तको लागि केटा खोज्ने प्रयास गरिएको थियो । तर कार्यक्रमको प्रशंसा भन्दा पनि हाँसो धेरै उडाइएको थियो र राखीको छवी पनि यस शो बाट प्रभावित भएको थियो ।
सारा खान र अली मर्चेन्ट
बिग बोस सिजन ४ मा सारा खान र अली मर्चेन्टले निकाह गरेका थिए । यस एपिसोडले टन्न टिआरपी बटुलेको थियो तर शो बाट बाहिर आउने बित्तिकै केहि समय पश्चात् दुवैले सम्बन्ध तोडेका थिए ।
राहुल महाजन
त्यस्तै राहुल महाजनको स्वयंवरमा राहुल महाजनले डिम्पी गांगुलीसंग स्क्रिनमा विवाह गरेका थिए । राहुलले डिम्पीलाई आफ्नो श्रीमतीको रुपमा रोजेका थिए तर केहि समय पछि राहुल र डिम्पीको सम्बन्धविच्छेद भएको थियो ।
नेहा कक्कड र आदित्य नारायण
रियलिटी टिभी कार्यक्रम इन्डियन आइडलमा निर्णायक नेहा कक्कड र होस्ट आदित्य नारायणको विवाह निकै चर्चामा रह्यो । कार्यक्रमले राम्रो टिआरपी पनि पायो तर यो सबै एक पब्लिसिटी स्टन्ट प्रमाणित भयो । अब अहिले शहनाज र पारसको कार्यक्रम चर्चामा रहेको छ तर टिभीमा बनेको प्रायजसो जोडी सफल भने हुन सकेको छैन ।