गोली चल्दा पाँच जनाको मृत्यु

अमेरिकाको विस्कन्सिन राज्यको मिल्वाकीस्थित मोल्सोन कुर्स ब्रेविङ कम्पनी क्याम्पसमा गोली चल्दा पाँच जनाको मृत्यु भएको छ । ५१ वर्षीय मिल्वाकीका स्थानीयसमेत रहेका बन्दुकधारीको चोटका कारण मृत्यु भएको बीबीसीले जनाएको छ ।

सयौं मानिसहरु कम्पनीमा काम गरिरहेको समयमा गोली चलेको थियो । मिल्वाकीका मेयर टोम बारेटले ‘सहरकै सबभन्दा दुखद घटना’ भएको बताएका छन् । सञ्‍चारकर्मीसँग घटनाको बारेमा जानकारी दिँदै बुधबार यस घटनालाई ‘भयानक’ घटना भएको बताएका हुन् ।



मिल्वाकी प्रहरी प्रमुख अल्फोन्सो मोराल्सले मृत्यु भएका पाँचै जना कम्पनीका कर्मचारी नै भएको पुष्टि गरेका छन् । स्थानीय सञ्‍चारमाध्यमका अनुसार उक्ट घटनापछि नजिकका विद्यालय तथा बजार बन्द गरिएको र अनुसन्धान थालिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मृतकका परिवारमा गहिरो समवेदना व्यक्त गरेका छन् । – बीबीसी

सम्बन्धित समाचार