ब्रिटेनका प्रधानमन्त्रीले गरे ‘प्रेगनेन्ट’ युवतीसँग इन्गेजमेन्ट

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले उनकी गर्लफ्रेन्ड साइमन्ड्ससँग विवाह गर्ने घोषणा गरेका छन् । उनले शनिवार आफ्नी गर्लफ्रेन्ड क्यारी साइमन्ड्ससँग इन्गेजमेन्ट गरेका हुन् ।

साथै उनले आफ्नी गर्लफ्रेन्ड गर्भवती रहेको र यसै गर्मी सिजनमा आफूहरु माता पिता बन्न लागेको पनि बताएका छन् । यो सँगै बोरिस जोनसोन ब्रिटेनका पहिलो यस्ता प्रधानमन्त्री बनेका छन्, जसले प्रधानमन्त्री कालमै सम्बन्ध बिच्छेद तथा विवाह गर्दैछन् ।



यो भन्दा अगाडि उनकी पत्नी भारतीय मुलकी मारिना ह्विलर थिइन् । केही समय अगाडि मात्र उनले मारिनासँग सम्बन्ध बिच्छेद गरेका थिए । तर अहिले बोरिस जोनसन र साइमन्ड्सले सामाजिक सञ्जाल इन्स्टाग्रममा धेरै जनाले थाहा पाइसकेको भएपनि केहि अझै थाहा नपाइसकेको भन्दै विवाह गर्न लागेको बताएका छन् ।

जोनसन जुलाई सन् २०१९ मा ब्रिटेनका प्रधानमन्त्री बनेका थिए । त्यहीबेला देखि उनी साइमन्ड्ससँग बस्न डाउनिंग स्ट्रीट पुगेका थिए ।
साइमन्ड्स जोनसनकी तेश्री पत्नी हुन् । यो भन्दा अगाडि उनले सन् १९८७ मा अलेग्रा मोस्टिन ओवेनसँग पहिलो विवाह गरेका थिए भने
सन् १९९३ मा उनीसँग सम्बन्ध विच्छेद भएपछि उनले १९९३ मा ह्विलरसँग् विवाह गरेका थिए । ह्विलर र जोनसनका ४ जना छोराछोरी छन् ।

सम्बन्धित समाचार