तिरुवाको जुत्ताले क्षणभरमा ततायो सामाजिक सञ्जाल !

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार भएपछि समाजिक सञ्जाल छिनभरमै तातेको छ । हुन त देशमा कुनै नयाँ काण्ड हुने वित्तिकै सामाजिक सञ्जाल नतातेको त बिरलै भेटिन्छ ।

भरतमोहन अधिकारी स्मृति फाउण्डेसन नेपालद्वारा आइतबार राष्ट्रिय सभागृहमा आयोजित नेकपाका स्वर्गीय नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहारभएपछि त्यसको बारेमा सामाजिक सञ्जालमा टिका टिप्पणी देखा परेका छन् । सामाजिक सञ्जालका केही प्रतिक्रियाः



बाबुराम भट्टराईः आफ्ना असहमति र मतभेद शान्तपूर्ण र मर्यादित ढंगले व्यक्त गर्ने संस्कार विकास गरौं ! लोकतन्त्रमा आलोचनात्मक चेतना हुनैपर्छ तर त्यसलाई व्यक्त गर्ने तरिका पनि लोकतान्त्रिक हुनुपर्छ !

नारारयण गाउँलेः स्वर्गीय मनमोहन र भरतमोहन अधिकारी सच्चा कम्युनिस्ट हुनुहुन्थ्यो । पच्चीस वर्षअघि मनमोहनको नौ महिने कार्यकालमा अर्थमन्त्रीका रूपमा भरतमोहनले प्रस्तुत गर्नुभएको वृद्धभत्तालगायतका सामाजिक सुरक्षा कार्यक्रम र ‘आफ्नो गाउँ आफै बनाऔँ’ जस्तो माटो सुहाउँदो विकास कार्यक्रमको क्रेडिट आजसम्म पार्टीले लिइरहेकै छ । उहाँहरूको जीवनशैली पनि लोभलाग्दो गरी सादा थियो । गतसाल उहाँको गुमनाम मृत्यु भयो । त्यस्ता स्वच्छ, सरल र निष्कलङ्क व्यक्तिको प्रथम स्मृतिसभामा कस्ता व्यक्तिलाई निम्त्याउने भन्ने आयोजकले बुद्धि पुर्याएको भए यस्तो दुर्घटना रोकिने थियो ।

महावीर विश्वकर्माः हिजो जनयुद्धमा बाउ गुमाउनेले आज त्यही जनयुद्धको सुप्रिमोलाई जुत्ता हानेको हो । केही त सोच्नुस् न कमरेडहरु !
मिलन तिमिल्सेनाः जिन्दगीमा कसैको जुत्ता खान नपरोस् । कसैले कसैलाई जुत्ता हानेको देख्न, सुन्न र भन्न नपरोस् । जुत्ता हान्ने र जुत्ता खाने नियति दुबै गलत हो । विरोध गरौं ।

किरणसिंह बिष्टः प्रचण्डजी ! तपाईलाई प्रदर्शनी मार्ग फाप्दैन । हजुर करिब ७ वर्ष अगाडि त्यही भृकुटी मण्डपमा झापड हान्ने कोसिस भएको थियो र आज त्यही सभागृहमा जुत्ता । विचार गरौ है !!

सम्बन्धित समाचार