निर्भया काण्डः दोषी चारै जनालाई मंगलबार मृत्युदण्ड

निर्भयाको सामूहिक बलात्कार तथा हत्या मामलाका चार जीवित दोषी पवन गुप्ता, विनय शर्मा, मुकेश सिंह र अक्षय ठाकुरलाई मंगलबार (भोली) मृत्युदण्ड दिइने भएको छ । दोषीमध्ये एक पवन गुप्ताले आफ्नो क्यूरेटिव पिटीशनमाथि खुल्ला इजलासमा सुनुवाई होस् भन्दै सर्वोच्च अदालतसमक्ष माग गरेका छन् । आइतबार पवनका वकिल एपी सिंहले भने, ‘यो मुद्दा मृत्युदण्डसँग सम्बन्धित भएकोले यसको सुनुवाई खुल्ला इजलासमा हुनुपर्छ ।’

यसअघि शनिबार दुई दोषी अक्षय सिंह र पवन कुमार गुप्ताले दिल्लीको एक अदालतमा अपिल दर्ता गरे । यसमा चारै दोषीलाई मार्च ३ मा निश्चित गरिएको मृत्युदण्डको मागमा रोक लगाउनुपर्ने माग गरेको छ । एडिशनल सेशन जज धर्मेन्द्र राणाले अक्षयको अपिलमा तिहाड जेल प्रशासनलाई नोटिस जारी गर्दै मार्च २ सम्म यसको जवाफ दिने बताएको छ । वकिलको तर्फबाट दायर गरिएको याचिकामा आफूले नयाँ दया याचिका राष्ट्रपतिलाई पठाएको र यसमा अहिलेसम्म निर्णय नभएको बताइएको छ ।



अक्षयका वकिल एपी सिंह भन्छन्, ‘पछिल्लो दया याचिकामा पूरा तथ्य थिएन त्यसकारण त्यो खारेज भएको थियो ।’ यस्तै, पवन गुप्ताले आफ्नो क्युरेटिव पिटिशन सर्वोच्च अदालतमा विचाराधीन भएको बताए । यो घटनामा जम्मा चार दोषी छन् । चारैजनाविरुद्ध तीन पटक डेथ वारेन्ट जारी गरिसकिएको छ ।

निर्भया काण्डमा चार जीवित दोषीमध्ये पवन गुप्तासँग मात्रै कानूनी विकल्प छ । अन्य ती दोषी विनय शर्मा, मुकेश सिंह र अक्षय ठाकुरले पहिले नै सबै उपलब्ध विकल्प प्रयोग गरिसकेका छन् ।

सम्बन्धित समाचार