पाँचवटा देशका नागरिकलाई अनअराइभल भिसा नदिइने

मन्त्रिपरिषदको निर्णय बमोजिम अध्यागमन विभागले पाँचवटा देशबाट आउने नागरिकलाई ‘अनअराइभल’ भिसा नदिने भएको छ ।
मन्त्रिपरिषदको आइतबार बेलुका बसेको बैठकले अनअनराइभल भिसा नदिने निर्णय गरेको थियो ।

कोरानाभाइरसको असर विश्वव्यापी रुपमा देखिएकाले नेपाललाई कारोनाको जोखिमबाट बचाउन सरकारले यस्तो निर्णय गरेको जनाएको छ । अध्यागमन विभाग स्रोतका अनुसार फागुन २४ गतेदेखि लागु हुनेगरी कारोनाबाट अत्याधिक प्रभावित राष्ट्र चीन, जापान, दक्षिण कोरिया, इरान र इटलीबाट आउने नागरिकलाई अनअराइभल भिसा नदिइने निर्णय भएको छ ।



सम्बन्धित समाचार