तत्कालीन संविधानसभा सदस्य धर्मप्रसाद घिमिरे भारत पश्चिम बङ्गालको बागडोग्रामा मृत भेटिएका छन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार आज बिहान बागडोग्राको प्रहरी कार्यालयभन्दा तीन किलोमिटर पश्चिम एशियाली राजमार्गमा घिमिरेलाई मृतावस्थामा भारतीय प्रहरीले फेला पारेको हो ।
झापाको मेचीनगर १३ दुहागढीका घिमिरेले आठ वर्षदेखि डिप्रेसनको औषधि सेवन गरिरहेका थिए । पारिवारिक स्रोतका अनुसार उनी तीन दिनअघि दाह्री काट्न घर नजीकैको ुचारआली बजार जान्छुु भनी निस्किएका थिए। त्यसयता उनी सम्पर्कविहिन थिए ।
हाल उनको शव बागडोग्रा मेडिकल कलेजमा राखिएको छ । उनका भाइ नरेन्द्रले अस्पताल पुगेर शव पहिचान गरेका हुन् ।
विसं २०२३ देखि कम्युनिष्ट आन्दोलनमा लागेका ६५ वर्षीय घिमिरे २०६४ सालको संविधानसभा चुनावमा झापा क्षेत्र नं १ मा तत्कालीन नेकपा९माओवादी०का तर्फबाट सभासद् निर्वाचित भएका थिए ।
उनी एक ‘नख्खु जेल ब्रेकर’ हुन् । झापा विद्रोहपछि पक्राउ परी नौ वर्ष कारागारको सजाय भोगेका थिए ।
भारतीय प्रहरीका अनुसार उनलाई एशियाली राजमार्गमा अज्ञात गाडीले ठक्कर दिएको हो । दुर्घटना लगत्तै उनको घटनास्थलमै मृत्यु भएको थियो । मृतक घिमिरेका पत्नी, एक छोरा र दुई छोरी छन् ।