नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ फागुन ।
अर्थमन्त्री डा युवराज खतिवडा पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीबाट डा खतिवडाले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
राष्ट्रियसभामा दुई वर्षे कार्यकाल सकिएपछि मंगलबार पदबाट राजीनामा दिएका अर्थमन्त्री डा युवराज खतिवडालाई सरकारको सिफारिसमा पुन अर्थमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना लगायतको उपस्थिती रहेको थियो ।