कोरोनाले अमेरिकामा ११ जनाको मृत्यु, चीनमा ३ हजार नाग्यो

कोरोना भाइरस (कोभिड–१९) ले अमेरिकामा अहिलेसम्म ११ जनाको मृत्यु भएको छ । बीबीसीमा प्रकाशित समाचारअनुसार अमेरिकाको क्यालिफोर्निया राज्यमा आपतकाल घोषणा गरिएको छ । अमेरिकाका १६ राज्यमा अहिलेसम्म १५० बढी संक्रमित रहेको समाचारमा जनाइएको छ ।

अधिकारीहरुका अनुसार विश्वमा अहिले ९२ हजार बढी कोरोनाभाइरसका बिरामी भेटिएका छन् । जसमध्ये ८० हजार चीनमा मात्रै छन् । तीनहजार बढीको मृत्यु भइसकेको छ । पिपल्स डेली चाइनाका अनुसार चीनमा ३०१२ जनाको मृत्यु भएको छ ।



चीनमा बुधबार मात्रै ३१ जनाको मृत्यु भएको थियो । १३९ जना नयाँ बिरामी फेला परेका थिए भने ५२ हजार बढी उपचारपछि फिर्ता भएका छन् ।

सम्बन्धित समाचार