कोरोना भाइरसः १०७ जनाको ज्यान गएपछि इटालीले बन्द गर्‍यो सबै स्कूल

देशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि इटालीले देशभरका सबै स्कूल बन्द गर्ने घोषणा गरेको छ। इटालीले विहीबारबाट १० दिनका लागि सबै स्कूल बन्द गर्ने घोषणा गरेको हो।

उसले स्कूल बन्द गर्नेसँगै देशभित्र हुने सबै खेलकुद गतिविधिलाई अप्रिल ३ सम्मका लागि बन्द रंगशालामा गर्ने घोषणा पनि गरेको छ । इटालीको सरकारको निर्णय अनुसार हुनैपर्ने खेल गतिविधिहरू बन्द रंगशालामा खेलाइनेछ । यसमा घरेलु फुटबल लिग र अन्तराष्ट्रिय फुटबल खेलहरू रहेका छन् ।



युरोपमा कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभित इटालीमा हालसम्म ३ हजार बढी संक्रमित भएका छन् । यसैगरी यसबाट १०७ जनाले ज्यान गुमाइसकेका छन् ।

सम्बन्धित समाचार