वनकाे बीचबाट बाटाे निकाल्ने कुरामा अभियान्ताहरूकाे विराेध

एसियाकै जैविक विविधता भएको झापाको जलथल जङ्गललाई खण्डित गर्दै प्रदेश सरकारबाट बाटो खन्ने कुरालाई वन अभियन्ताहरूले बिरोध गरेका छन् । नेपालमा जलथल जङ्गलजस्तो वन तराईमा नभएको र हिमाल, पहाड, चुरेमा समेत पाइने वन्यजन्तु, वनस्पति, जडिबुटी, चराचुरुङ्गी यस वनमा पाइने हुँदा सबै मिलेर संरक्षण गर्नुपर्ने जङ्गललाई आवश्यकता र औचित्य विना नै बीचबाट सडक बनाएर वनलाई खण्डित गर्नु नहुने भन्दै यस्तो कार्य रोक्नु पर्ने भन्दै सामुदायिक वनका अभियन्ताहरूले आवाज उठाएका हुन् ।

लगभग ६३ सय हेक्टरमा फैलिएको यस वनमा २२ वटा सामुदायिक वन उपभोक्ता समूहहरूले संरक्षण गरिरहेको डिभिजन वन कार्यलय झापाका प्रमुख विष्णु घिमिरेले बताए । प्रमुख घिमिरेका अनुसार जैविक विविधता रहेको वनलाई सुरक्षित गर्नु पर्नेमा विकासको नाममा खण्डित गरी विनास गर्नु नहुने बताए ।



सामुदायिक वनका अभियान्ताहरू भन्छन्– यस वनको बीचबाट बाटो खन्नु भनेको जैविक विविधतालाई सखाप गर्नुमात्र होइन, आफ्नै सन्तानको हत्या गर्नु सरह हो ।

सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष वेदप्रकाश भण्डारी, पूर्व अध्यक्ष छत्र पौडेल, हल्दिवारी गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देन, कचलकवलका अध्यक्ष अन्जार आलम, वडा अध्यक्ष होमप्रसाद चुडालmगायत २२ वटै सामुदायिक वनहरूले वनको बीचबाट बाटो बनाउने कुराको बिरोध गरेका छन् ।

सम्बन्धित समाचार