कोरोना संक्रमणपछि पनि चीन जाँदैछन् नेपाली कामदार

कोरोना भाइरस ९कोभिड १९० चीनबाट फैलने क्रम तीव्र भइरहेकै बेला नेपाली कामदारहरु रोजगारीको खोजीमा त्यहीँ पुगेका छन् । वैदेशिक रोजगार विभागका अनुसार माघ महिनामा मात्रै श्रम स्वीकृति लिएर १४ नेपाली कामदार चीन पुगेका हुन् । उनीहरु पुनः श्रम स्वीकृति (रिइन्ट्री) तथा नियमीतिकरणमार्फत् चीन पुगेको विभागको तथ्यांकले देखाउँछ ।

रोजगारीको खोजीमा छिमेकी मुलुक चीनमा पनि श्रम स्वीकृति लिएर मासिक २० देखि ५० को हाराहारीमा नेपाली कामदारहरु पुग्ने गरेका छन् । गत मंसिरमा २५ जना र पुसमा २० नेपालीहरु श्रम स्वीकृति लिएर चीन गएका थिए । यस्तै, कात्तिकमा ३९ जना श्रमिक चीन पुगेका थिए ।



केही दिन यताभने श्रम स्वीकृति लिएर श्रमिकहरु चीन नगएको वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचलका कार्यालय प्रमुख उमेश बस्नेत बताउँछन् ।

‘पछिल्लो समय मकाउलगायत चीन वरपरका मुलुकमा श्रम स्वीकृति लिएर श्रमिकहरु गइरहेका छन् । चीन भने गएका छैनन्,’ कार्यालय प्रमुख बस्नेतले भने । कोरोना संक्रमित अन्य मुलुकहरुमा पनि नेपाली श्रमिकहरु गइरहेका छन् ।

व्यक्तिगत र पुनः श्रम स्वीकृति लिएर जानेको संख्यामा कमी आएको छैन । पछिल्लो समय वैदेशिक रोजगारीमा संस्थागत ९म्यानपावर०मार्फत् जाने कामदारको संख्यामा कमी आए पनि व्यक्तिगतमार्फत् जाने कामदारको संख्यामा कमी नआएको कार्यालय प्रमुख बस्नेतको भनाइ छ। ‘वैदेशिक रोजगार काठमाडौं कार्यालयबाट मात्रै दैनिक ६ सयभन्दा बढी युवाहरु श्रम स्वीकृति लिइरहनु भएको छ, रिइन्ट्री लिनेको संख्यामा पनि कमी आएको छैन,’ उनले भने ।

सम्बन्धित समाचार