कोरोना भाइरसको संक्रमण लागेको आशङ्कामा अस्पताल भर्ना भएका एक व्यक्ति भागेका छन् । बुधबार टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा कोरोना भाइरसको संक्रमणको आशङ्कामा भर्ना गरिएका सुनसरी घर भएका एक व्यक्ति अस्पतालबाट भागेको एसएसपी श्याम ज्ञवालीले जानकारी दिए ।
उनलाई अस्पतालको आइसोलेसनमा राख्ने तयारी भएको थियो । तर‚ उनले सो कुरा अटेरी गरिरहेका थिए । त्यसको केही समयपछि अस्पतालबाटै भागेको प्रहरीले जानकारी दिएको छ ।
गत मंगलबार कोरियाबाट नेपाल फर्केका ती व्यक्ति बुधबार राती ८ बजे अस्पतालबाट फरार भएको प्रहरीले जनाएको छ । बिहीबार विहान प्लेनमार्फत विराटनगर गएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ ।