जनप्रिय क्याम्पसको अनेरास्ववियू स्याङ्जा सम्पर्क कमिटिले गर्यो गजल प्रतियोगिता

अनेरास्ववियू स्याङ्जा–पोखरा सम्पर्क कमिटीले शुक्रबार गजल प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा श्रीराम अधिकारी ‘गोर्जे’को गजल पहिलो भएको छ । उनले पहिलो स्थानसहित शिल, प्रमाणपत्रका साथै नगद रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगितामा द्वितीय स्थानमा निकेश गीरी र तेस्रो सागर अधिकारी भएका छन् । प्रतियोगितामा कपिल शर्मा र उदिप ढुंगाना निर्णायक रहेका थिए ।

प्रतियोगिताका लागि आएको २२ गजलबाट १६ जना गजलकारलाई अन्तिम वाचनका लागि अवसर दिइएको थियो । कार्यक्रमका संयोजक सचिन लुईटेलले स्याङ्जाबाट कास्कीमा अध्ययन गर्न आएका र साहित्यिक रुचि भएकालाई साथै सम्पूर्ण स्याङ्जाली मात्र नभई जनप्रिय बहुमुखी क्याम्पसका विद्यार्थी साथीहरुलाई एकै ठाउँमा मिलन गराउने उद्देश्यले प्रतियोगिता गरेको सुनाए ।



कार्यक्रमको उद्देश्य नै यहाँ छरिएर रहेका विभिन्न स्थानबाट उच्च शिक्षा प्राप्त गर्न आएका सम्पूर्ण साथीहरुलाई शिर्जनशिल र रचनात्मक गतिविधिमा समावेश गर्नु हो,’ उनले भने । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा स्याङ्जाका नेता रामचन्द्र भट्टराईले अहिले विद्यार्थी आन्दोलन कमजोर बनाउन सबै तिरबाट प्रहारहरु भइरहेको बताए । कमजोर पारेर आफ्नो निजि स्वार्थ पुर्ति गर्न सबै लागेका उनको आरोप थियो । त्यसको विरुद्ध एकजुट भएर विद्यार्थीहरु राजनीतिमा आउने र राजनीतिलाई सुधार गरेर मुलुकको रुपान्तरण गर्नु पर्ने उनले बताए ।

त्यस्तै गरि केन्द्रीय सदस्य राजन शर्मा पराजुलीले सरकार गलत बाटोमा हिड्न लागे सडकमा जान पनि अनेरास्ववियू पछी नपर्ने बताए । कार्यक्रममा अनेरास्ववियू स्याङ्जा संयोजक धुर्व बाग्ले, नेकपा स्याङ्जा सदस्य विस्वनाथ अर्याल, पृथ्वीनारायण क्याम्पसका कार्यबाहक अध्यक्ष सन्तोष न्यौपाने, जनपृय पूर्व अध्यक्ष दिपिन ढकाल, सचिव गोविन्द महत, साविक क्रान्तिकारी संयोजक विशाल तामाङ, शुनिल लगाएतका विद्यार्थी नेताहरुको उपस्थिति थियो । कार्यक्रमको संचालन आविस्कार केसीले गरेको जानकारी प्रदिप बरालले दिए ।

सम्बन्धित समाचार