कैलालीको धनगढी उपमहानगरपालिकाले गरेको निर्णय एक दिनमै उल्ट्याएको छ। विश्वका विभिन्न देशमा कोरोना भाइरस फैलिँदै गइरहेको भन्दै त्यसबाट जोगिनका लागि उपमहानगपालिकाले आइतबारदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको थियो। तर, उक्त निर्णय शनिबार नै फेरिएको छ। शनिबार एक सूचना जारी गर्दै उपमहानगरपालिकाले नगर क्षेत्रका विद्यालय बन्द नगर्न भनेको छ ।
उपमहानगरपालिकाले शिक्षा सरोकारवालासँग बैठक गरेर विद्यालय बन्द गर्ने निर्णय लिएकोमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्रानुसार १–९ कक्षाको वार्षिक परीक्षा चैत ५ गतेभित्र सक्नुपर्ने भएकाले सोहीअनुसार गर्न उपमहानगपालिकाले मातहतका विद्यालयलाई निर्देशन दिएको छ। शुक्रबारको निणर्य फिर्ता लिँदै उपमहानगरले शनिबार अर्को सूचना जारी गर्दै यथाशीघ्र परीक्षा सम्पन्न गर्न निर्देशन दिएको हो।