कोरोना भाइरसः इटालीमा एकैदिन १३३ जनाले ज्यान गुमाए, सेनापतीमा पनि संक्रमण

इटालीमा कोरोनाभाइरसका कारण एकैदिन १ सय ३३ जनाले ज्यान गुमाएका छन् । यससँगै मृतकको संख्या ३ सय ६६ पुगेको अधिकारीले जनाएका छन् । संक्रमितको संख्यामा पनि ५ हजार ८ सय ८३ बाट ७ हजार ३ सय ७५ पुगेपछि २५ प्रतिशतको वृद्धि भएको छ ।

इटालीको लोम्बार्डीलगायत १४ प्रान्तका १ करोड ६० लाख जनताले आइतबारबाट क्वारेन्टाइन नियम लागू भएपछि यात्राका लागि विशेष अनुमती लिनुपर्नेछ । प्रधानमन्त्री ग्युसेप्पे कोन्टेले स्कूल, जिम, म्युजियम, नाइटक्लब र देशभरीका विभिन्न स्थान बन्द भएको घोषणा गरेका छन् ।



नयाँ आँकडा सार्वजनिक भएसँगै चीनबाहिर कोरोना भाइरसका संक्रमितको संख्या इटालीमा सबैभन्दा धेरै देखिएको हो । त्यसपछि दक्षिण कोरियामा ७ हजार २ सय १३ जना संक्रमित देखिएका छन् ।

हालै इटालीका सेनापतीमा पनि संक्रमण देखिएको छ । साल्भातोर फरिनाले आफूलाई ‘सेल्फ आइसोलेशन’ मा राखेको बताए ।

सम्बन्धित समाचार