जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल उल्लेखनीय मौसमी प्रणाली नभएकाले देशभर मौसम सामान्यतया सफा रहने जनाएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पुर्वी पहाडी भू-भागमा आंशिक बदली रहेपनि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने भएको हो ।
मंगलबार देशभर आंशिक बदली रहनेछ । अपरान्ह पछि पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
बुधबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी तथा मध्य भू-भागका केहि स्थानहरुमा मेघगर्जनरचट्याङ सहित वर्षाको संभावाना छ ।