कोरोनाबाट २ सय सैनिकको मृत्यु

अन्तर्राष्ट्रिय सञ्चार माध्यम ‘डेली एनके’ का अनुसार लगभग २ सय उत्तर कोरियाली सैनिकको कोरोना भाइरस ९कोभिड १९० संक्रमणका कारण मृत्यु भएको छ । उक्त कुरा अहिलेसम्म उत्तर कोरियाले लुकाउँदै आएको थियो ।

डेली एनकेले दाबी गरेअनुसार मार्च ६ मा उत्तर कोरियाली सैनिकको मेडिकल युनिटले सैनिक नेतृत्वलाई कोरोनाको प्रभाव सम्बन्धी रिपोर्ट पठाएको थियो । रिपोर्टमा १ सय ८० सैनिकले जनवरीमा कोरोना संक्रमणबाट ज्यान गुमाएको उल्लेख छ । त्यस्तै ३ हजार ७ सयलाई क्वारेन्टाइनमा राखिएको छ । ज्यान गएका अधिकांश सैनिकहरू सिनो–उत्तर कोरिया सीमाक्षेत्रमा कार्यरत थिए ।



सम्बन्धित समाचार