मौसम पूर्वानुमानः आगामी तीन दिन चट्याङसहित वर्षा

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायूको प्रभावले मेघ-गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै पश्चिमी वायुको प्रभावका कारण पश्चिमी तथा मध्य पहाडी भू-भागका केही स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको जनाएको हो ।

विभागले आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरेको छ। आज विहान देशको पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ।



विहीबार भने देशका मध्य र पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली रहनेछ। पहाडी भू-भागका १-२ स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ। शुक्रबार देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी भू-भागका धेरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ सहित बर्षाको सम्भावना रहेको छ। केहि स्थानमा असिनारहावाहुरी को समेत सम्भावना रहेको छ। मध्य र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ।

सम्बन्धित समाचार