बलिवुड अभिनेत्री करीना कपुर खान र उनकी सौतेनी छोरी अभिनेत्री सारा अली खानबीच खटपट भएको मिडिया रिपोर्ट आएको छ ।
हालै सामाजिक संजाल इन्स्टाग्राममा डेभ्यु गरेर चर्चामा रहेकी अभिनेत्री करीना सामाजिक संजालमा आउनासाथ विवादमा परेकी छन् ।
करीना र साराबीच सबै कुरा ठीक नभएको सामाजिक संजालमा टिप्पणी हुन थालेपछि यसबारेमा अड्कल बाजी शुरु भएको छ ।
खासमा करीनाले अहिलेसम्म इन्स्टाग्राममा आफ्नी दिदी करिश्मा कपुर, आफ्नी नन्द सोहा अली खान, सौतेला छोरा इब्राहिम खान, अभिनेत्री सोनाम कपुर, मलाइका अरोरा, आलिया भट्टसहितलाई फलो गरेकी छन् । तर करीनाको फलो सुचीमा सारा अली खानको नाम छैन । यसैबाट दुवै वीच खटपट भएको अनुमान अहिले मिडियामा चलिरहेको छ ।
त्यस्तै सारा अली खानले समेत इन्स्टामा अभिनेता कार्तिक आर्यन, आयुश्मान खुराना, सलमान खान, शाहरुख खान, कृति सेनन, रोहित शेट्टी, आफ्ना भाई इब्राहिम खानसहित केहिलाई फलो गरेकी छन् । तर साराले पनि आफ्नी सौतेनी आमा करीनालाई फलो गरेकी छैनन् ।
विगतमा करीना र साराको सम्बन्ध राम्रो रहेको थियो । सारा आफैले करीनासँग आफ्नो राम्रो सम्बन्ध रहेको बताउदै आएकी छन् तर दुवैले इन्स्टामा एकअर्कालाई फलो नगरेपछि अहिले दुवैबीच खटपट भएको अनुमान गरिएको छ ।