चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाली समकक्षी प्रदीप ज्ञवालीसँग टेलिफोन वार्ता गर्दै चीनमा महामारी फैलिएका बेला नेपालले देखाएको सदाशयता र सहयोग सधैँ सम्झिरहने बताएका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजियान झाओले नेपाली भाषामै ट्विट गर्दै नेपालले देखाएको सहयोगप्रति मन्त्रालयका तर्फबाट धन्यवाद व्यक्त गरेका छन् ।
‘चीनमा महामारी एकदमै कठोर भएको बेला नेपाल सरकारले शल्य चिकित्सा सर्जिकल मास्कहरू चीनमा दान गर्यो । यसले हिमालयसम्म फैलिएको चीन र नेपालको पारम्परिक मित्रतालाई पूर्ण रूपमा प्रतिबिम्बित गर्दछ। चिनियाँहरुले यसलाई सधैँ सम्झिरहने छन्’ ट्विटमा उल्लेख छ ।
1/2 राज्य काउन्सलर तथा विदेश मंत्री वाङ यीले नेपाली विदेश मन्त्री ज्ञवालीसंग टेलिफोन वार्ता गरेका थिए। ज्ञवालीले भने, नेपाल मैत्री छिमेकीको रूपमा चीनको साथ दृढ अडान लिन्छ। वाङ यीले भने, राष्ट्रपति भन्दारी र प्रधानमन्त्री ओलिले राष्ट्रपति सी जिन् पिंगलाई शोक पत्र पठाए। pic.twitter.com/sMuu6A7TqI
— Lijian Zhao 赵立坚 (@zlj517) March 11, 2020
चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालका विदेश मन्त्री प्रदीप ज्ञवालीसँग टेलिफोन वार्ता गरेका जानकारी पनि उनले दिएका छन् ।
2/2 चीनमा महामारी एकदमै कठोर भएको बेला , नेपाली सरकारले शल्य चिकित्सा सर्जिकल मास्कहरू चीनमा दान गर्यो। यसले हिमालयसम्म फैलिएको चीन र नेपालको पारम्परिक मित्रतालाई पूर्ण रूपमा प्रतिबिम्बित गर्दछ। चिनियाँहरुले यसलाई सधै सम्झिरहने छ। pic.twitter.com/P5rNpOVrOY
— Lijian Zhao 赵立坚 (@zlj517) March 11, 2020