राप्रपाको एकता : शीर्ष नेताहरूले गीता छोएर कसम खानुपर्ने भन्दै कार्यकर्ताको नाराबाजी

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तको एकता भेला कार्यकर्ताहरू नेताहरूमाथि अविश्वास गरेका छन् । एकता भेलामा उपस्थित कार्यकर्ताहरूले शीर्ष पार्टी कहिल्यै फुट्दैन भनेर गीता छोएर कसम खानुपर्ने भन्दै नाराबाजी गरेका हुन् ।

कार्यक्रमको शुरूमा पशुपतिशमशेर राणा र कमल थापाले पार्टी एकताको आधारपत्र आदान–प्रदान गरेका थिए ।



बुधबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एकता सभामा राप्रपाका शीर्ष नेताहरू कमल थापा, पशुपतिशमशेर राणा, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द लगायतका नेताहरूको उपस्थित रहेको थियो ।

सम्बन्धित समाचार