जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको हुँदा केही दिन मेघ-गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।
आगामी तीन दिनको मौसमको पूर्वानुमान बारे जानकारी दिँदै विभागले पश्चिमी तथा मध्य पहाडी भू-भागका केही स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेकोले हुँदा आवश्यक सतर्कता अपनाउ अनुरोध छ।
शुक्रबार पनि देशकाभर सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी भू-भागका धेरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित बर्षाको सम्भावना रहेको छ। केही स्थानमा असिना/हावाहुरीको समेत सम्भावना रहेको छ। मध्य र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ।
शनिबार देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी र पूर्वी भू-भागका केही स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित बर्षाको सम्भावना रहेको छ। केही स्थानमा असिना/हावाहुरी को समेत सम्भावना रहेको छ।