अमेरिकाले युरोपबाट हुने सम्पूर्ण उडान एक महिनाका लागि रोकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक महिनाका लागि युरोपियन देशबाट अमेरिका यात्रामा प्रतिबन्धको घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बीबीसीका अनुसार कोरोना भाइरस (कोभिड–१९)का कारण बेलायतबाहेकका अन्य युरोपियन मुलुकको यात्रामा प्रतिबन्धको घोषणा गरेका हुन् ।
यस्तो घोषणा गर्नुअघि अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको चुनौतीसँग लड्ने प्रतिवद्धता व्यक्त गर्दै मिडियामा पनि एकता र शक्तिको समयका रुपमा देख्न चाहेको बताएका थिए । अमेरिकाको यो निर्णयको असर संसारभर पर्ने अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।