हिन्दी चलचित्रका कतिपय फिल्म कोरोना भाइरसबाट त्रसित भएर रिलिज नगर्ने निर्णय लिएका छन् तर अहिले हलिवुड सिनेमाको मेगा बजेट चलचित्र ब्ल्याक विडोको हिन्दीमा ट्रेलर सार्वजनिक भएको छ ।
मार्भल सिनेम्याटिक यूनीभर्सको अघिल्लो चलचित्र ब्ल्याक विडो अमेरिकामा भन्दा एक दिन पहिला रिलीज हुने भएको छ । यस फिल्मलाई मार्भलले भारतमा अंग्रेजीसंगै हिन्दी, तमिल, तेलुगु र मलयालममा पन रिलीज गर्ने तयारी गरको छ । होलीमा फिल्मको हिन्दी ट्रेलर रिलीज गरियो जसलाई अनलाइनमा निकै रुचाइएको छ ।
एभेन्जर्स सिरिजको चलचित्रमा नताशा रामानोफ मतलब ब्ल्याक विडोको भूमिका रहस्यमयी रहेको छ । एमसीयुका दर्शक सधै यो जान्नको लागी उत्सुक हुन्छन् कि अन्तिममा रूसी योद्धा अमेरिका कसरी पुगिन् र कसरी एक एभेन्जर बनिन् । मार्भल स्टूडियोको नयाँ चलचित्र ब्ल्याक विडोले यसै रहस्यलाई खोल्नेछ । फिल्मको टिजर र ट्रेलरलाई युवाहरुले निकै मन पराएका छन् र होलीको दिन मार्भलले यसको हिन्दी ट्रेलर पनि सार्वजनिक गरेको छ ।
हरेकचोटी झैँ यसपटक पनि मार्भलले यसको हिन्दी डबिङ्गमा प्रबल कलाकारहरुको सहयोग लिएको छ । फिल्मको हिन्दी ट्रेलर पनि युट्युबमा धेरै पटक हेरिएको छ ।
अमेरिकामा फिल्म ब्ल्याक विडो एक मेमा रिलीज हुन्छ भने भारतमा यसलाई एक दिन अगाडी ३० अप्रिलमा रिलिज हुने भएको छ । १ मे मा हिन्दी फिल्म वरुण धवन र सारा अली खान अभिनित फिल्म कुली नम्बर वन पनि रिलिज हुँदै छ । निर्माता वाशु भगनानीको १९९५ मा रिलीज भएको गोभिन्दा र करिश्मा कपुर अभिनित फिल्म कुली नम्बर वन को रिमेक रहेको छ ।
भिडियाेः