बलिवुडको बहुप्रतिक्षित फिल्म सुर्यवंशीको रिलिज रोकिन सक्ने !

बलिवुडको बहुप्रतिक्षित फिल्म सुर्यवंशी पनि कोरोनाको चपेटामा पर्ने देखिएको छ । मार्च २४ मा रिलिज मिति तोकिएको सुर्यवंशी अब तोकिएको समयमा रिलिज नहुने सम्भावना बढेको छ ।

अहिले कोरोनाको संक्रमणको त्रासका कारण सिनेमा हलमा मानिसहरुको संख्या निकै कम भइरहेको बेला फिल्म रिलिज गर्दा ठुलो घाटा बेहोर्नुपर्ने देखिएको छ । फिल्मका निर्माता अक्षयकुमार, रोहित शेट्टी, करण जोहर र रिलायन्स इन्टरटेनमेन्टबीच फिल्मको रिलिज स्थगित बारे छलफल चलिरहेको बलिवुड हंगामाले उल्लेख गरेको छ ।



अहिले रिलिज भएको टाइगर सराफको फिल्म बागी-३ ले राम्रो कमाई गरेपनि कोरोनाको त्रासका कारण सोचे जस्तो कमाई गर्न नसकेको बलिवुड फिल्म विश्लेषक तरण आदर्शले बताएका छन् ।

अब केहि दिनमा नै सुर्यवंशीका निर्माताले फिल्मको रिलिज बारे नयाँ घोषणा गर्ने बताइएको छ ।

सम्बन्धित समाचार