कोरोना भाइरसबाट बच्न के गर्ने ?

कोरोना भाइरसले विश्वव्यापी रुपमा तहल्का मच्चाउँदै गइरहेको छ । विश्व स्वास्थ्य संघले यसलाई महामारीको घोषणा गरेको छ । चीन, इटाली, इरानमा धेरै मृत्यु भएको छ भने अमेरिका, बेलायत, जापन पनि यसको प्रभावबाट अछुतो बन्न सकेको छैन । नेपालमा चाहिं भगवानको कृपा भनौं वा पशुपतिनाथको आशिर्वाद अहिलेसम्म यो भाइरसबाट कसैको मृत्यु भएको छैन । अहिलेसम्म एकजनालाई पोजिटीभ देखिएको र उ पनि ठीक भैसकेर आफ्नो काममा फर्किसकेका छन् । नेपालको अवस्था चीनको जस्तो जोखिमपूर्ण अवस्था नभएको चिकित्सकहरुले बताएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका प्रवक्ता डा अनुप बास्तोलाले मौसमी रुघा खोकी र कोरोना भाइरसबाट बच्ने उपाय एउटै भएको बताए ।

उनका अनुसार तलका उपाय अपनाए काेरोना भाइरसबाट बच्न सकिन्छ :



– रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने

– मास्कको प्रयोग गर्ने

– खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने,

– नियमित साबुन पानीले हात धुनेरहातमा अल्कोहलजन्य सेनिटाइजर दल्ने

– जङ्गली तथा घरेलु पशुपंक्षीसँग सोझै सम्पर्कमा नरहने

– अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने

– फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने

– सार्वजनिक जमघटहरुमा कम उपस्थित हुने

चीन र अरु विश्व दुनियाँलाई जुनकुनै आविष्कार र उत्पादनले चकित पारेका विकसित देशहरुलाई समेत यो महामारीले आच्छुआच्छु पारिरहेको छ भने हाम्रो जस्तो विकाशशील मुलुकमा यो भाइरस आयो भने स्थिती निकै दर्दनाक हुनसक्छ । त्यसैले यो महामारीले कति विकराल रुप लिनेछ भन्ने अनुमान गरेर पनि प्रत्येक व्यक्तिले यसविरुद्धको प्रतिरोधको क्षमता बनाउनु पर्ने जरुरी छ ।

सम्बन्धित समाचार