देशभर शुक्रबारको मौसममा सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी तथा मध्य भू-भागका केही स्थानहरूमा र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ् तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
देशका अधिकांश उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपात को सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । महाशाखाका अनुसार देशभर शुक्रबार राति सामान्य देखि पूर्ण बदली रहनेछ।
पश्चिमी भूभाग लगायत मध्यका धेरै स्थानहरूमा र पूर्वी भूभागका केही स्थानहरुमा मेघगर्जन र चट्याङ् र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
शनिबार देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केहि स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग र असिनारहावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात को सम्भावना छ ।
आइतबार देशका अधिकांश भू-भागमा आन्शिक देखि सामान्य बदली रहनेछ। देशको पश्चिमी भू-भाग लगायत मध्य र पूर्वी भू-भागका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।