कोरोनाको साइड इफेक्टः अण्डकोष बिगार्नेदेखि प्रजनन क्षमतामा ह्राससम्म

चीनका डाक्टरले दिए यस्तो सुझाव

कोरोना भाइसको संक्रमणले अहिले विश्व आक्रान्त छ । यसको संक्रमणका कारण विश्व स्वास्थ्य संगठनले संकटालको घोषणा गरेको छ । नेपालले कोरोना रोक्न विभिन्न पहल गरिरहेको छ । यस अघि नेपालमा देखिएको कोरोना भाइसको सक्रमणका कारण एक जना निकोभएर घर फर्किसकेका छन् । तर यो रोग लागेर निको भएका व्यक्तिहरुको प्रजजन क्षमता कमजोर हुने यौन शक्तिमा कमी आउने र पुरुषको अण्डकोष विगार्ने चीनका डाक्टरहरुले जनाएका छन् ।

चिनियाँ डाक्टकाअनुसार यसले अण्डकोषलाई विगार्ने र निको हुने वित्तिकै तत्काल आफ्ना अण्डोषको परीक्षण गर्न पनि सुझाब दिएका छन् । कोरोनाको उद्गम स्थल वुहानमा एक व्यक्तिको अण्डकोषको परीक्षण गर्दा यस्तो समस्या देखिएको वुहानको एक अस्पतालका प्रोफेसर डाक्टर लि युफुङले जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।



त्यस्तै वुहानका डाक्टरले कोरोनाको संक्रमण भएर उपचार पछि घर फर्किएकाहरुले तत्ताका आफ्नो यौन परीक्षण तत्काल गराउन पनि सुझाब दिएका छन् । विश्वभर फैलिएको कोरोना संक्रमण १२७ देशमा पुगेको भने करिब ६ हजार मानिसले ज्यान गुमाइसकेका छन् ।

सम्बन्धित समाचार