भिरबाट खसेको ढुंगाले लागेर इञ्जिनीयरको मृत्यु

लमजुङमा भिरबाट खसेको ढुंगाले लागेर जलविद्युत आयोजनामा कार्यरत एक इञ्जिनीयरको मृत्यु भएको छ।

दोर्दी खोला करिडोरमा निर्माणाधीन ५४ मेगावाटको सुपरदोर्दी ‘ख’ जलविद्युत आयोजनामा कार्यरत दाङ तुलसीपुर उपमहानगरपालिका–६ का २२ वर्षीय निरञ्जन बस्यालको भिरबाट खसेको ढंगाले लागेर मृत्यु भएको हो।



गएराति साढे ९ बजे आयोजनाको निर्माणाधीन सुरुङ क्षेत्रमा पस्ने क्रममा माथिबाट ढुङ्गा खसेर लाग्दा उनी गम्भीर घाइते भएका थिए । घाइते बस्याललाई उपचारका लागि सदरमुकामस्थित लमजुङ जिल्ला सामुदायिक अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको लमजुङका प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङले जानकारी दिए ।

दोर्दी गाउँपालिका–६ ढोडेनी ताजैमा बर्जगुरु कन्ट्रक्सन कम्पनी प्रालीले निर्माण गरिरहेको आयोजनामा बस्यालले गत मंसिरदेखि कार्यरत थिए ।

सम्बन्धित समाचार