कोरोना भाइरसबारे बुझ्न परे अब याे नम्बरमा फोन गराैं

कोरोना भाइरसबारे तपाईंलाई केही जानकारी आवश्यक परेमा अब फोन गर्न सकिने भएको छ । कोरोना भाइरसबारे नागरिकलाई जानकारी गराउन सरकारले शुक्रबार (आज) बाट ‘कल सेन्टर’ सञ्चालनमा ल्याउने भएको छ।

रोग नियन्त्रण महाशाखाका निर्देशक वासुदेव पाण्डेका अनुसार कोरोना भाइरसबारे नागरिकको चासो र गुनासो सुन्न यस्तो सेवा सुरू गर्न लागिएको हो । उनका अनुसार कसैलाई कोरोनाबारे जान्न मन भएमा १११५ नम्बरमा कल गर्न सकिने छ । कल सेन्टरलाई २४ सैं घन्टा सञ्चालनमा ल्याइने उनले बताए ।



कल सेन्टरमा रहेका कर्मचारीले मानिसहरुले सोधेका प्रश्नहरुको जवाफ दिने उनले जानकारी बताए । त्यसका लागि ६ जना कर्मचारी रहेन उनले बताए ।

सम्बन्धित समाचार