कोरोनाको त्रास : चिनियाँ र इटालीका पर्यटकलाई विमानस्थलबाटै फकाईयो

कोरोना संक्रमण नभएको स्वास्थ्य प्रमाणपत्र नलिई नेपाल आएका पाँच जना विदेशीलाई अध्यागमन कार्यालयले नेपाल प्रवेशमा रोक लगाएको छ । दुई जना इटालीका नागरिक, दुई चिनियाँ र एक ताइवानी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले फर्काएको हो । उनीहरुलाई बुधवार फर्काइएको हो ।

स्वास्थ्य प्रमाणपत्र नभएकालाई फिर्ता गरिएको विमानस्थलस्थित अध्यागमन प्रमुख सागर आचार्यले जानकारी दिए । नेपाल सरकारले मंगलबारदेखि लागू हुने गरि आठ देशका नागरिक र ती देश ट्रान्जिट भएर आउने अन्य देशका नागरिकले समेत नेपाल आउँदा आफुलाई कोरोना संक्रमण नभएको भनेर स्वास्थ्य प्रमाणपत्र पेश गर्नुपर्ने नियम लागू गरेको थियो ।



चीन, जापान, दक्षिण कोरिया कोरिया, इरान, इटाली, जर्मनी, फ्रान्सका नागरिकले अग्रिम रुपमा भिसा लिनुपर्ने र नेपाल आउँदा स्वास्थ्य प्रमाणपत्र बोक्नुपर्ने नियम छ ।

सम्बन्धित समाचार