नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० फागुन ।
सार्क राष्ट्रमा कोरोना भाइरसविरुद्ध लड्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका छन् ।
मृगौला प्रत्यारोपण गरेर अस्पतालमै रहेका ओलीले शुक्रबार मोदीको ट्विटको प्रत्युत्तरमा भनेका छन्, ‘प्रधानमन्त्री मोदीजीको कोरोना भाइरसको संक्रमण विरुद्ध लड्ने उच्चतम विचार र कठोर रणनीतिको स्वागत गर्दछु । मेरो सरकार कोरोना भाइरसजस्तो प्राणघातक रोगसँग लड्न सार्क सदस्य राष्ट्रसँग मिलेर नागरिकको सुरक्षाका लागि तयार छ ।’
I welcome the idea advanced by Prime Minister Modiji @narendramodi for chalking out a strong strategy by the leadership of the SAARC nations to fight Coronavirus. My government is ready to work closely with SAARC Member States to protect our citizens from this deadly disease.
— PMO Nepal (@PM_nepal_) March 13, 2020
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै दक्षिण एसियाका जनताहरु सुरक्षित छन् भन्ने सुनिश्चित गर्न कुनै कसर बाँकी नराख्ने बताएका थिए ।
उनले ट्विट गर्दै भनेका थिए, ‘अहिलेको ब्रमाण्डले कोभिड-१९ को अर्थात नोभेल कोरोना भाइरसको सामना गरिरहेको छ । विभिन्न तहमा सरकार र जनताले यसविरुद्धको लड्ने प्रयास गरिरहेका छन् । विश्वको जनसंख्याको महत्वपूर्ण अंश ओगट्ने दक्षिण एसियाका जनताहरुको स्वास्थ्य सुरक्षाको भएको सुनिश्चित गर्न कुनै कसर बाँकी राखिने छैन ।’
I would like to propose that the leadership of SAARC nations chalk out a strong strategy to fight Coronavirus.
We could discuss, via video conferencing, ways to keep our citizens healthy.
Together, we can set an example to the world, and contribute to a healthier planet.
— Narendra Modi (@narendramodi) March 13, 2020